एमालेले दशवटै पालिकामा प्रशिक्षण आयोजना गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेले दशवटै पालिकामा प्रशिक्षण आयोजना गर्ने

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७९, आईतवार

    दमाैली । नेकपा एमाले तनहुँले जिल्लाका दशवटै पालिकामा प्रशिक्षण आयोजना गर्ने भएको छ । जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सबै पालिकामा साउन २५ गतेभित्र प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

    बैठकले जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम साउन १३ गते आयोजना गर्ने निर्णय गरेको सचिव राजेश्वर ढकालले जानकारी दिए । उक्त प्रशिक्षणमा जिल्ला कमिटीका सदस्य, जिल्ला सल्लाहकार, सबै जनसंगनठका जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, निर्वाचित अध्यक्ष, मेयर, उपमेयर पालिका कमिटीका पदाधिकारी, वडा कमिटीका अध्यक्ष, पालिकाका निर्वाचित कार्यपालिका सदस्य सबै सहभागी हुनेछन् ।

    यस्तै साउन २४ गते देवघाटमा, २५ गतेभित्र आँबुखैरेनी, बन्दीपुर, भानु, व्यास, म्याग्दे, शुक्लागण्डकी, घिरिङ र भिमादको प्रशिक्षण हुनेछ ।

    बैठकले सदस्यता नवीकरण अन्तर्गत वैशाखदेखि असारसम्मको लेवी सदस्यता शुल्क, पार्टी कार्यालयमा साउन १५ सम्म दाखिला गर्न सबै कमिटीलाई निर्देशन दिएको छ । बैठकले आगामी संघ र प्रदेशको निर्वाचनको कार्ययोजना पदाधिकारीले बनाई जिल्ला कमिटीमा पेश गर्ने निर्णय गरेको छ । जनसंगठन, फाँट र विभागका बैठक साउन मसान्तसम्म गरिसक्न निर्देशन जारी गरिएको छ ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।