भानुमा सिसिटिभी खरिदमा अनियमितता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा सिसिटिभी खरिदमा अनियमितता

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७९, आईतवार

    दमाैली । तनहुँको भानु नगरपालिकामा सिसिटिभी खरिदमा अनियमितता देखिएको छ । नगरपालिकाले एउटै आपूर्तिकर्तासँग एक पटकभन्दा बढी सोझै खरिद गरेको भेटिएको हो ।

    आर्थिक वर्ष ०७७÷७८ मा नगरपालिकाले सिसिटिभी खरिद र जडानमा २१ लाख २२ हजार चार सय ७८ खर्च गरेको छ । महालेखाले उक्त कार्यलाई अनियमित उल्लेख गरिदिएको छ ।

    सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सीमित नहुने गरी खरिद गर्नुपर्ने व्यवस्था छ । त्यस्तै सार्वजनिक खरिद नियमावलीमा पाँच लाखसम्मको खरिद कार्य सोझै गर्न सकिने, ५ लाखभन्दा माथि २० लाखसम्म सिलबन्दी दरभाउपत्रबाट र सोभन्दा माथि बोलपत्रको माध्यमबाट खरिद गर्ने व्यवस्था छ । त्यस्तै खरिद कार्य गर्दा एक अािर्थक वर्षमा सीमाभन्दा बढीको खरिद गर्न नहुने एवं एउटा आपूर्तिकर्तासँग एकपटकभन्दा बढी सोझै खरिद गर्न नहुने उल्लेख छ ।

    तर नगरपालिकाले उक्त वर्ष विभिन्न आपूर्तिकर्ताबाट पटक पटक कोटेशन प्रस्ताव माग गरी सिसिटिभी खरिद तथा जडान कार्य गरेको छ । एउटै प्रकृतिको सामान खरिद गर्दा एउटै प्याकेजबाट प्रतिस्पर्धी खरिद विधि अवलम्बन गरी खरिद गर्नुपर्नेमा पालिकाले यो वर्ष एउटै किसिमका वस्तु वा सेवा खरिद गर्दा प्रतिस्पर्धात्मक विधि नअपनाएको देखिएको छ ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।