डुम्रेका व्यापारी भन्छन् – कपाल फुलेको होइन, धुलोले हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डुम्रेका व्यापारी भन्छन् – कपाल फुलेको होइन, धुलोले हो

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७९, मंगलवार

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारका व्यापारीले सडकमा उडेको धुलोले आजित बनाएको बताएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले सास्ती भएको उनीहरुको गुनासो छ ।

    पृथ्वीराजमार्ग विस्तारका क्रममा सडक धुलाम्य भएको भन्दै डुम्रेका व्यवसायी नेक महम्मद कपाल सेतै भएको तस्वीर फेसबुकमा राख्दै भन्छन्, ‘मेरो कपाल फुलेको होइन। आधा घण्टासम्म पसलको काउण्टरमा बस्दा बजारमा उडेको धुलोले हो । सटर बन्द गरेर व्यापार गर्न बाध्य छौ ।’