प्रशासनले भन्यो – तत्काल आवश्यक नपर्नेहरु राष्ट्रिय परिचयपत्र दर्ता गर्न नआउनु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासनले भन्यो – तत्काल आवश्यक नपर्नेहरु राष्ट्रिय परिचयपत्र दर्ता गर्न नआउनु

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७९, मंगलवार

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले तत्काल आवश्यक नपर्नेहरुलाई राष्ट्रिय परिचय पत्र दर्ताका लागि कार्यालय नआउन आग्रह गरेको छ । कोभिड-१९ को सङ्क्रमण बढिरहेकाले तत्कालै आवश्यक नपर्नेहरुलाई हतार नगर्न कार्यालयले आग्रह गरेको हो ।

    राहदानी फारम भर्नेलाई मात्र तत्कालै राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएकाले अन्य सेवाग्राहीलाई हतार नगर्न र भिडभाड कम गर्न सहयोग गरिदिन प्रशासनले अनुरोध गरेको छ ।