सागर उदासको शब्द र स्वरुपराज आचार्यको आवाजमा ‘गयौ तिमी’ सार्वजनिक (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सागर उदासको शब्द र स्वरुपराज आचार्यको आवाजमा ‘गयौ तिमी’ सार्वजनिक (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७९, बुधबार

    दमौली । सुगम संगीतका चर्चित गायक स्वरूपराज आचार्यको सुमधुर आवाज अनि बहुआयामिक गीतकार सागर उदासको शब्द रहेको ‘गयौ तिमी’ गीत सार्वजनिक भएकाे छ ।

    संगीतकार हरि लम्सालद्वारा संगीतबद्व गीतको म्युजिक भिडिओ बुधबार सार्वजनिक भएकाे हाे ।

    भिडिओमा अनिल अधिकारी, पूजा केसी र सुदिप पौडेलको अभिनय रहेको छ । सागर आचार्यको निर्देशन रहेको भिडिओको छायांकन सुशान पन्थले गरेका हुन् ।

    उक्त भिडिओको छायांकन व्यास-१० का विभिन्न भाग र हाल चर्चामा रहेको पिजनहिल टिकटक पार्कमा गरिएको भिडियोका ड्रोन पाईलट महेश वाग्लेले बताए ।

    यस भन्दा अगाडि पनि थुप्रै गीतहरू बजारमा ल्याईसकेका उदासकाे यस गीतलाई दर्शक श्राेताले रूचाउने अपेक्षा गरिएको छ ।