दमौली । गैरआवासीय नेपाली सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले बुवाको जन्मदिनमा टोल विकास संस्थालाई आर्थिक सहयोग गरेका छन्।
व्यास नगरपालिका–१२ स्थित कमलाबारी टोल विकास संस्थालाई पन्थले रु एक लाख पाँच सय आर्थिक सहयोग गरेका हुन् । आफ्ना बुवा चिरञ्जीवी पन्थको जन्मदिनका अवसरमा पन्थले शनिबार उक्त रकम हस्तान्तरण गरेका हुन्।
सामाजिक काममा सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको वरिष्ठ उपाध्यक्ष पन्थले बताए । पन्थले पछिल्लो समय सामाजिक कामलाई तीव्रता दिँदै आएका छन् ।