दमौली । राप्रपा तनहुँका संस्थापक भिमबहादुर बस्नेतको निधन भएको छ । व्यास नगरपालिका-१ निवासी बस्नेतको एक सय वर्षको उमेरमा शनिबार राति निधन भएको हो ।
यसैबीच राप्रपा तनहुँले बस्नेतको निधनप्रति दुख व्यक्त गरेको छ । राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले बस्नेतको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताए ।