दमाैली । सोमबार रातिदेखि परेको वर्षाका कारण तनहुँका नदीहरुमा जलसतह बढेको छ । निरन्तरको वर्षाका कारण तनहुँको दमौलीस्थित मादीसेती, बन्दीपुरको विमलनगरस्थित मस्र्याङ्दी नदी र देवघाटस्थित नारायणी नदीमा जलसतह बढेको हो ।
मादीसेती, मस्र्याङ्दी र नारायणीमा जलसतह बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी तटीय क्षेत्रमा माछा मार्न, दाउरा निकाल्न नजान स्थानीय प्रहरी प्रशासनले सर्वसाधारणलाई अपिल गरेको छ ।
देवघाटस्थित नारायणी नदीमा जलसतह सतर्कता केन्द्र नजिक पुगेको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतह सात दशमलब तीन मिटरलाई सतर्कता र नौ मिटरलाई खतराको तह मानिएको छ ।