दमौली । क्षत्री समाज तनहुँले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित भएको नागरिकता सम्बन्धी विधेयकलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
मंगलबार तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रे मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नागरिकता सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको हो।
क्षत्री समाज तनहुँका अध्यक्ष इश्वरबहादुर विष्टले बुझाएको ज्ञापनपत्रमा प्रतिनिधि सभाका सदस्य बीचमा छलफल समेत नगरि राष्ट्रिय महत्वको विषयलाई वेवास्ता गर्दै स्वाधीनता तथा अखण्डता माथि आँच आउन सक्ने विधेयक पास गरेको प्रति गम्भीर ध्यानकर्षण भएको भन्दै उक्त विधेयकलाई यथाशिघ्र फिर्ता लिन माग गरिएको छ ।