दमाैली । म्याग्दे गाउँपालिकाले भेटेरीनरी अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । प्रि डिप्लोमा अन्तर्गत १८ महिने भेटेरीनरी अध्ययन गर्न चाहने एसइइ उत्तीर्ण विद्यार्थीलाई गाउँपालिकाले छात्रवृत्ति दिन लागेको हो ।
म्याग्दे–३ स्थित जनगणपति माविमा सञ्चालनमा रहेको १८ महिने भेटेरीनरी कोर्ष अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका एसइइ उत्तीर्ण तथा तोकिएको योग्यता भएका विद्यार्थीलाई सो कोर्ष अध्ययन अन्तर्गत लाग्ने शुल्कको ५० प्रतिशत वा सोभन्दा बढी छात्रवृत्ति रकम प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।