नेपाली कांग्रेस जिल्ला सचिव खनाल भन्छन् : स्वतन्त्र युवा चम्किने कांग्रेसको युवा कहिलेसम्म थन्किने ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली कांग्रेस जिल्ला सचिव खनाल भन्छन् : स्वतन्त्र युवा चम्किने कांग्रेसको युवा कहिलेसम्म थन्किने ?

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले आगामी निर्वाचनमा युवा पुस्ताले पनि अवसर पाउनुपर्ने बताएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा कांग्रेसका युवा पुस्ताले पनि अवसर पाउनुपर्ने खनालको भनाई छ ।

    सामाजिक सञ्जाल मार्फत् खनालले भने, ‘राजनीतिमा न्याय सबैलाई हुनुपर्छ नयाँ, पुरानो दुबै पुस्तालाई। कांग्रेसले टिकट निर्णय गर्दा पुरानो पुस्ता ५० प्रतिशत र नयॉ पुस्ताबाट ५० प्रतिशत सहभागिताका लागि मेरो प्रस्ताव रहनेछ ।’ खनालले पुरानो र नयाँ दुबै पुस्ताको मिलन नै कांग्रेसको जित हुने बताए ।

    युवा भविष्यको कर्णधारमात्र नभई आजको साझेदार समेत भएको उल्लेख गर्दै उनले भने, ‘तसर्थ यो चुनाव युवामैत्री हुनुपर्छ ।’

    खनालले पार्टीको व्यस्त र सचिवालय पद सचिवको नाताले १४ औ महाधिवेशनको चार वर्ष आफूले संसदमा इच्छा नराख्ने समेत प्रष्ट पारे । ‘तर मेरो पुस्ताले इच्छा गर्नु स्वभाविक हो । किनकी हिजो तपाई मन्त्री, सांसद र मेयर हुँदा यही पुस्ताको विचार र उमेरको नेतृत्व गर्दै हुनुहुन्थ्यो,’ उनले थपे।

    खनाल नेविसंघ तनहुँको पूर्व अध्यक्ष एवं व्यास नगर जेसीजका पूर्व अध्यक्ष समेत हुन् ।