ब्राम्हण समाजद्वारा ३१५ लाई सामूहिक रक्षाबन्धन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ब्राम्हण समाजद्वारा ३१५ लाई सामूहिक रक्षाबन्धन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । ब्राम्हण समाज नेपाल तनहुँ शाखाले शुक्रबार ३१५ जनालाई सामूहिक रक्षाबन्धन गरिदिएको छ । जनैपूर्णिमाको अवसरमा व्यास-३ स्थित अनसनचौतारीमा ३१५ जनालाई रक्षाबन्धन गरिएको हो ।

    रक्षाबन्धन कार्यक्रममा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार सामूहिक रक्षाबन्धनमा बालबालिका, युवायुवतीदेखि वृद्धवृद्घासम्मको सहभागिता थियो ।

    समाजमा रहेको जातीय विभेद न्यूनीकरणका लागि सामूहिक रक्षाबन्धन गरिएको समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले जानकारी दिए ।

    सामूहिक रक्षाबन्धनमा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विक पनि सहभागी भएका थिए । यस्ता कार्यक्रमले समाजमा रहेको कुरिती अन्त्यका लागि सहयोग पुग्ने बताए ।