म्याग्दे बडहरेबाट ११ जुवाडे पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे बडहरेबाट ११ जुवाडे पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७९, शनिबार

    दमौली । म्याग्दे गाउँपालिका-२ बडहरेबाट ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । सोमप्रसाद श्रेष्ठको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार ११ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ परेकाबाट प्रहरीले नगद ५८ हजार २ सय २३ र २१४ पत्ती तास बरामद गरेको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।