दमाैली । नेपाल तमु (गुरुङ) विद्यार्थी सङ्घ तनहुँको अध्यक्षमा मिलन तमु चयन भएका छन् । सङ्घको शनिबार दमौलीमा सम्पन्न तेस्रो अधिवेशनबाट मिलनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
सङ्घको उपाध्यक्षमा सुनिता प्रशंसा तमुस्यो, सचिवमा सविना तमुस्यो, कोषाध्यक्षमा रितेश तमु र सदस्यहरुमा सुष्मा तमुस्यो, सञ्जिता तमुस्यो र गङ्गा तमुस्यो चयन भएका छन् ।
सङ्घका अध्यक्ष जीवन तमुको सभापतित्व र नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धिंका केन्द्रीय अध्यक्ष पुकार तमुको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रममा तमु ह्यु धोंज धिंका केन्द्रीय सदस्य रगबहादुर तमु, तनहुँका अध्यक्ष देवबहादुर तमु लगायतले मन्तव्य राखेका थिए ।