दमाैली । युनेस्को गण्डकी प्रदेशको अधिवेशनले रविन्द्रराज जाेशीकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेकाे छ । भानु नगरपालिका-१ भन्सारमा शनिबार सम्पन्न अधिवेशनले जाेशीलाई सर्वसम्मत अध्यक्ष चयन गरेकाे हाे ।
उपाध्यक्षमा तनहुँका रत्नकुमार श्रेष्ठ चयन भएका छन् । आँबुखैरेनी निवासी श्रेष्ठ प्रदेश उपाध्यक्षमा चुनिएका हुन् ।
त्यस्तै उपाध्यक्षमा ईश्वरी थिङ् र सन्देश पराजुली, सचिवमा सुभाष रेग्मी, सह–सचिवमा ज्ञानेन्द्र शर्मा, कोषाध्यक्षमा शशिकृष्ण श्रेष्ठ, सदस्यहरुमा दिपक खनाल र दिपेश विष्ट चयन भएकाे युनेस्को राष्ट्रिय उपाध्यक्ष प्रदीप काफ्लेले जानकारी दिए।
अधिवेशनले पाँच सदस्यीय सल्लाहकार सदस्य समेत चयन गरेको छ । सल्लाहकार सदस्यहरुमा रामकृष्ण भण्डारी लमजुङ, डिपि अधिकारी तनहुँ, विमल प्रसाद अधिकारी लमजुङ, दिपेन्द्र अधिकारी र कृष्णराज पण्डित तनहुँ रहेका छन् ।
कार्यक्रममा युनेस्को राष्ट्रिय अध्यक्ष एवं भानु नपाका प्रमुख आनन्दराज त्रिपाठीले कला संस्कृतिकाे संरक्षण र सम्बर्धनमा युनेस्काेकाे भूमिका रहँदै आएकाे बताए ।