महङ्गी र भ्रष्टाचारको विरोधमा एमाले मोर्चा सङ्गठनको विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महङ्गी र भ्रष्टाचारको विरोधमा एमाले मोर्चा सङ्गठनको विरोध

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । महङ्गी र भ्रष्टाचारको विरोधमा नेकपा एमालेमा आबद्ध मोर्चा सङ्गठनहरुले आइतबार दमौलीमा विरोध प्रदर्शन गरेको छ । विभिन्न मोर्चा सङ्गठनको संयुक्त आयोजनामा ¥याली सहितको विरोध प्रदर्शन गरिएको हो ।

    बजारका विभिन्न भाग परिक्रमा गरी अनसनचोकमा कोणसभा आयोजना गरिएको थियो । कोणसभामा नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर रानाले महङ्गी र भ्रष्टाचार नियन्त्रणमा सरकारले ध्यान नदिएको आरोप लगाए ।

    एमाले व्यास नगर कमिटीका अध्यक्ष वीरेन्द्र अधिकारीले पाँच दलीय सरकार जनताका लागि भन्दा पनि सत्ताका लागि हानथाप गरिरहेको बताए । युवासङ्घका जिल्ला अध्यक्ष मदन तिमिल्सिना, युथफोर्सका अध्यक्ष अजित पन्थ लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।