दमौली । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले पार्टीका जिम्मेवार व्यक्तिहरूबाट निर्वाचन लक्षित अशोभनीय र अमर्यादित टिकाटिप्पणी प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
क्षेत्रीय कार्यसमितिका प्रवक्ता हरिप्रसाद शर्माले आइतबार प्रेस विज्ञप्ती जारी गरी कांग्रेसका विभिन्न आधिकारिक पदमा रहेका व्यक्तिहरुबाट सामाजिक सञ्जालमा भइरहेको अशोभनीय टिप्पणीहरुप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
मंसिर ४ गते निर्वाचन मिति घोषणा भइ देश निर्वाचनमय बन्दै गरेको अवस्थामा जिम्मेवार व्यक्तिहरुबाट हुने टिकाटिप्पणीले पार्टीको संगठनमा अहित हुने भएकाले त्यस्ता क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।