आँबुखैरेनीमा दर्ता अभियान : १७ व्यवसाय दर्ता, २२ नवीकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा दर्ता अभियान : १७ व्यवसाय दर्ता, २२ नवीकरण

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले टोलमै पुगेर व्यवसाय दर्ता, नवीकरण र कर सङ्कलन सुरु गरेको छ । गाउँपालिकाले सर्वसाधारणको सहजताका लागि आइतबारदेखि टोलमै पुगेर दर्ता, नवीकरण र कर सङ्कलन सुरुआत गरेको हो ।

    आँबुखैरेनी गाउँपालिका–३ मनकामना चोकमा आयोजित शिविरमा १७ जनाले व्यवसाय दर्ता गराएको राजश्व शाखा प्रमुख निरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार २२ जनाले व्यवसाय नवीकरण गरेका छन् भने ५४ जनाले भूमिकर तथा मालपोत कर तिरेका छन् । शिविरको पहिलो दिन रु एक लाख ५५ हजार राजश्व सङ्कलन भएको उनले बताए ।

    No description available.

    गाउँपालिकालाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यसहित टोलमै पुगेर यो अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । सबै वडामा यो अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । भोलि आँबुखैरेनी गाउँपालिका–३ कै डाँडाटोलमा शिविर सञ्चालन गरिनेछ ।

    शिविरका क्रममा व्यवसाय दर्ता नवीकरणमा २० प्रतिशत छुट दिइएको छ । त्यस्तै हालसम्मको जरीवाना रकम पनि छुट गरिने बताइएको छ ।

    No description available.

    व्यवसाय दर्ता गर्दा महिला, दलित र अपाङ्गताको हकमा ५० प्रतिशत छुट सुविधा दिइनेछ । शिविरमा आवश्यक पर्ने निवेदन, नवीकरण निवेदन, बहाल सम्झौता, मुचुल्का र फोटोकपी सुविधा पनि गाउँपालिकाले उपलब्ध गराएको छ ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।