खादा निषेधमा विरोधपछि भानुले भन्यो : सरकारी कार्यक्रममा मात्र निषेध भनिएको हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खादा निषेधमा विरोधपछि भानुले भन्यो : सरकारी कार्यक्रममा मात्र निषेध भनिएको हो

    खबरपुञ्ज संवाददाता

    ३१ श्रावण २०७९, बुधबार

    दमाैली । भानु नगरपालिकाले खादा प्रयोगमा रोक लगाउने निर्णयको विरोध भएपछि नगरपालिकाले यसबारेमा प्रष्टीकरण दिएको छ । नगरपालिकाले सरकारी कार्यक्रममा मात्र खादा प्रयोगमा निषेध गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

    नगरप्रमुख आनन्दराज त्रिपाठीले बुधबार प्रेस विज्ञप्ती जारी गरी कुनै समुदायले व्यक्तिगत, समूहगत एवं सामुदायिक हिसाबले आफ्नो परम्परा, मूल्य र मान्यता बमोजिमका क्रियाकलाप सञ्चालन तथा आफ्नो परम्परा अनुसार खादाको प्रयोग गर्न रोक नलगाइएको जनाएका छन् ।

    नगरभित्रका सरकारी औपचारिक समारोहलाई मितव्ययी, कम खर्चिलो र वातावरणमैत्री बनाउने उद्देश्यले मात्र खादाको प्रयोग निषेध गरिएको त्रिपाठीले जनाएका छन् ।

    No description available.

    याे पनि पढ्नुहाेस्