दमाैली । तनहुँको व्यास नगरपालिका–२ भोर्लेटारचोकस्थित गोविन्द तरकारी पसलमा आगलागी हुँदा करिब रु तीन लाख बराबरको क्षति भएको छ । बिहीबार राति विद्युत चुहिएर आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
व्यास नगरपालिकाको दमकलको सहयोगमा प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। आगलागीबाट तरकारी र फर्निचरहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ । “समयमै आगलागी नियन्त्रणमा लिन सकिएपछि थप क्षति हुन पाएन,” प्रहरी नायब उपरिक्षक खड्काले भने ।