दमाैली । रोटर्याक्ट क्लव अफ दमौलीको पदस्थापन गरिएको छ । शनिबार आयोजित कार्यक्रममा वर्ष २०२२÷२३ का अध्यक्ष विशाल श्रेष्ठ सहित पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको हो । क्लवको वर्ष २०२२÷२३ को कार्यकाल जुलाई १ बाट सुरु भएको छ ।
क्लवको उपाध्यक्षमा श्रीराम गन्धर्व, विशाल खत्री, धिरज श्रेष्ठ, सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा सुनिता आचार्य, सहसचिवमा विष्णु गिरी, सहकोषाध्यक्षमा गोविन्द तिमिल्सिना चयन भएका छन् ।
पदस्थापनको अवसरमा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक क्षेत्रमा क्लवले पु¥याएको योगदान सराहनीय रहेको बताए ।