बन्दीपुर । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको साझेदारी र म्याग्दे गाउँपालिकाकाे आयोजनामा म्याग्दे गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि कर्मचारीहरुका लागि योजना तर्जुमा प्रक्रिया तथा प्रभावकारी सेवा प्रवाह विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएकाे छ ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेकाे सो कार्यक्रममा स्थानीय विकास प्रशिक्षणका उपनिर्देशक हरिकृष्ण कोईराला, श्रोतव्यक्ति उदय खनाल लगायतले तालिम दिने म्याग्दे गाउँपालिकाका प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीेले जानकारी दिए।
अभिमुखीकरण कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधिलाई काम कर्तव्य र अधिकारीको बारेमा सुसिुचित हुने अवसर प्राप्त गर्ने बताए ।
म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जनप्रतिनिधि सधै अनभिज्ञ बन्दा कार्यसम्पादनमा कठिनाई आएको हुँदा यसको व्यावहारिक कार्यन्वयनमा प्रशिक्षण फलदायी हुने समेत बताए ।
साेमबारसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रमको पहिलो दिनमा स्थानीय तहको काम कर्तव्य र अधिकार, वडा समिति र वडाध्यक्षको काम कर्तव्य र अधिकार, संघ, प्रदेश र स्थानीय तहबीचकाे अन्तरसम्वन्ध सम्वधि प्रशिक्षण रहनेछ ।
यसैगरि स्थानीय तहको राजश्व अधिकार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण, स्थानीय तहमा उपभोक्ता समितिको गठन, काम कर्तव्य र अधिकार, व्यवहिारिक समस्या केन्द्रित छलफल र सार्वजनिक खरिद, विकास योजना, भवन निर्माण सम्वन्धि आचार सहिंता तथा मापदण्ड कार्यक्रम, मुल्यांकन सम्वन्धि अभिमुखीकरण हुनेछ ।
दोश्रो दिन स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, मध्यमकालिन खर्च संरचना, सकारात्मक सोच र स्थानिय तहमा सुशासन प्रव्रर्धन, स्थानीय तहको असल अभ्यास र संघ र प्रदेश र स्थानीय तहको अन्तरसम्वन्ध सम्वन्धि प्रशिक्षण हुने कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
गाउँपालिकाका अधिकृत श्रीराम खनालले संचालन रेकाे सो अभिमुखीकरण कार्यक्रमा म्याग्दे गाउँपालिकाका वडा वडाध्यक्ष, सदस्य, कार्यकारीणी सदस्य, कर्मचारी लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको छ ।