किसान श्रेष्ठ भन्छन् : तनहुँ-१ मा निर्विकल्प उम्मेदवार म हूँ, सहमति कार्यान्यन हुनुपर्छ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    किसान श्रेष्ठ भन्छन् : तनहुँ-१ मा निर्विकल्प उम्मेदवार म हूँ, सहमति कार्यान्यन हुनुपर्छ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७९, मंगलवार

    दमौली । पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ-१ का संघीय सांसद कृष्णकुमार श्रेष्ठले मंसिर ४ गतेको निर्वाचनमा आफू निर्विकल्प उम्मेदवार भएको बताएका छन् । मंगलबार आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले विगतमा भएको सहमति अनुसार तनहुँ-१ मा आफूले टिकट पाउने बताए ।

    ‘पहिला ज-जसले जहॉबाट जितेको छ, त्यहॉ सोही पार्टीले उम्मेदवार उठाउने यस अगाडी नै सहमति भइसकेको छ,’ उनले भने, ‘उक्त सहमति कार्यान्यवय हुनुपर्छ भन्ने महत्वपूर्ण कुरा हो ।’

    गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादीको तर्फबाट आफू मात्र सांसद रहेकाले आफूले टिकट पाउनुपर्ने बताउँदै श्रेष्ठले भने, ‘पार्टीले जहॉबाट चुनाव लड भन्छ त्यहॉबाट पनि लड्न सक्छु ।’

    आफू पार्टीको इमानदार सिपाही भएकाले पार्टीको निर्देशन मान्ने उनको भनाई थियो । सांसद श्रेष्ठले यो पटक बाहेक अर्को पटक आफ्नो दावी नरहने बताए ।

    ‘मलाई आजीवन सांसद हुनुछैन, किसान श्रेष्ठले यो पटक बाहेक अर्को पटक दाबी गर्दैन,’ उनले भने ।

    सांसद श्रेष्ठले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति आफ्नो सम्मान रहेको बताउँदै थपे, ‘उहॉ ठूलो नेता हुनुहुन्छ, उहॉ त जुनसुकै जिल्ला क्षेत्रमा गएर पनि चुनाव लड्न सक्नुहुन्छ ।’