दमौली । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत चार दलले मंगलबार आव्हान गरेको नेपाल बन्दको प्रभाव तनहुँमा आंशिक परेको छ । झुठा मुद्धा खारेजी र नेता कार्यकर्ताको रिहाईको माग गर्दै आव्हान गरिएको बन्द आंशिक रुपमा परेको छ ।
बन्दका कारण सार्वजनिक यातायातका साधन सञ्चालन भएका छैनन् । निजी सवारी साधन फ्याट्टफुट्ट सञ्चालन भएको प्रहरीले बताएको छ ।
बजार क्षेत्रका पसल पनि खुलेका छैनन् । बन्दका कारण जिल्लामा हालसम्म कुनै घटना नभएको प्रहरीले जनाएको छ ।