दमाैली । व्यास–४ स्थित सितलचोक युवा क्लवको आयोजनामा बुधबारदेखि सुरु प्रथम मेयर कप फुटबल प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन् । पहिलो दिनको खेलमा व्यास युथ क्लव र आयोजक सितलचोक युवा क्लव विजयी भएका छन् ।
व्यास युथ क्लव र कन्काई ग्लोवल एकेडेमीबीच भएको पहिलो खेलमा व्यास युवा ६–० को फराकिलो अन्तरले विजयी भएको छ । त्यस्तै सितलचोक र व्यास–११ बीच भएको दोस्रो खेलमा सितलचोक ४–० ले विजयी भएको प्रतियोगिताका संयोजक राजेश मल्लले जानकारी दिए ।
प्रतियाेगिताकाे व्यास नगरप्रमुख वैकुण्ठ न्याैपानेले उद्घाटन गरेका थिए । साे अवसरमा उनले नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिएकाे बताए ।
प्रतियाेगितामा ४२ टिमकाे सहभागिता रहेकाे छ । प्रतियोगितामा विजेताले नगद रु दुइ लाख दुई हजार दुई सय २२ र उपविजेताले रु एक लाख ११ हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीलाई रु सात हजार पाँच सय, उत्कृष्ट गोलरक्षकलाई रु सात हजार पाँच सय र सर्वाधिक गोलकर्तालाई रु सात हजार पाँच सय पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ ।