दमौली । हरितालिका तीजको अवसरमा म्याग्दे गाउँपालिका स्तरीय तीज गीत प्रतियोगितामा संगम आमा समूह प्रथम भएको छ ।
म्याग्दे गाउँपालिकाले बुधबार आयोजना गरेको प्रतियोगितामा मिन मावि छात्रा समूह थर्पु द्वितीय र गणेश आमा समूह वेलटार तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: १० हजार, ८ हजार र ६ हजार पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा २१ समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रजनन स्वास्थ्य र बाल अधिकार, समृद्ध म्याग्दे हाम्रो सरोकार विषयमा सहभागीहरुले प्रस्तुती दिएका थिए ।
प्रतियोगिता उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला र संस्कृति जगेर्ना गर्नुपर्ने बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी लगायतले तीजलाई भड्किलो बनाउन नहुने बताए ।