प्रथम मेयर कप : शुक्रबार सात खेल सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रथम मेयर कप : शुक्रबार सात खेल सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७९, शनिबार

    दमौली । व्यास-४ स्थित सितलचोक युवा क्लवको आयोजनामा दमौलीमा जारी प्रथम मेयर कप अन्तरगत शुक्रबार सात खेल सम्पन्न भएका छन् ।

    विपी वनवाटिका खेलमैदानमा भएको पहिलो खेलमा नमस्ते देउरालीले दोभान एफसीलाई ३–० ले हरायो । नमस्ते देउरालीको जितमा दिपेश आले मगरले २ गोल गरे भने रोशन राना मगरले थप एक गोल गरे ।

    त्यस्तै दोस्रो खेलमा न्यु बुद्ध भानुले बागबजारलाई ६–१ को फराकिलो अन्तरले हरायो । न्यु बुद्धको जितमा अनुराग जिसीले ह्याट्रिक गरे । त्यस्तै सन्दिप रानाले २ गोल गर्दा सौगात गुरुङले १ गोल गरे । उता पराजित बागबजारका लागि अनिष पुराले एक मात्र गोल फर्काए ।

    त्यस्तै दिनको तेस्रो खेलमा शान्ति दिपले गजुरी गाउँपालिकालाई ३–० ले हरायो । शान्ति दिपको जितमा बिजय श्रेष्ठ, अमिर कुँवर र सुरज बानियाले गोल गरे ।

    त्यसैगरी चौथो खेलमा मिस्टर डेलिभरीले के टाउनलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ मिस्टर डेलिभरीका लागि मोहित गुरुङले गोल गरे भने के टाउनका लागि प्रदिप गुरुङले गोल गरेका थिए ।

    त्यसैगरी पाँचौ खेलमा नव युवाले खैरेनीटार युथ क्लबलाई २–१ ले हरायो । नव युवाका लागि बिकास लामाले दुई गोल गरे । उता पराजित खैरेनीटारका लागि दिपेश गुरुङले एक मात्र गोल गरे ।

    छैठौं खेलमा हैरान क्लबले लेखनाथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । हैरानको जितमा मिलन गुरुङले एक मात्र निर्णायक गोल गरे ।

    त्यस्तै दिनको अन्तिम तथा सातौं खेलमा नवदिपले नवयुवालाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेले । त्यसअभि निर्धारित समयतर्फ नवदिपका लागि बिनोद थापा र नयन पुनले गोल गरेका थिए भने नवयुवाका लागि प्रवेश सारु र मनिष पुनले गोल गरेका थिए ।

    प्रतियोगितामा विजेताले २ लाख दुई हजार दुई सय २२ र उपविजेताले एक लाख ११ हजार एक सय ११ नगद पाउनेछन् ।