दमौली। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट टेवलटेनिस खेलाडी छनोट गरिएको छ । टेवलटेनिसका लागि तनहुँबाट पॉच जना खेलाडी छनोट गरिएको हो ।
शनिबार सञ्चालन गरिएको प्रतियोगिताबाट व्यासका बालकृष्ण तिवारी, रामदास उपाध्याय, भानुका गणेश खत्री, ऋषिङका प्रकाश गिरी, म्याग्देका मनिष थापा छनोट भएको खेल संयोजक भूपेन्द्र कोइरालाले जानकारी दिए ।
असोजमा सञ्चालन हुने प्रतियोगिताका लागि जिल्लामा विभिन्न खेल सञ्चालन भइरहेका छन् ।