मौलिक जरोकिलो पार्टी गण्डकीको अध्यक्षमा हरि नेपाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मौलिक जरोकिलो पार्टी गण्डकीको अध्यक्षमा हरि नेपाल

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७९, शनिबार

    दमौली । मौलिक जरोकिलो पार्टी, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले हरि नेपाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ । तनहुँको ऑबुखैरेनीमा शनिबार सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा सात सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।

    पार्टी प्रवक्ता प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता र   केन्द्रीय समिति सदस्यहरु दिल बहादुर क्षेत्री, मदन पौडेल र कमल न्यौपानेको समुपस्थितिमा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।

    अधिवेशनबाट उपाध्यक्ष टोल राज वाग्ले, महासचिवमा भरत गिरी, सचिवमा पद्मा राना, कोषाध्यक्षमा जगन्नाथ वाग्ले र सदस्यहरुमा बसन्त देवकोटा र चिजकुमार श्रेष्ठ चयन भएका छन् ।