नेपालका सात लेखकले भारतको ग्वालियरमा प्रस्तुति दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपालका सात लेखकले भारतको ग्वालियरमा प्रस्तुति दिने

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७९, शनिबार

    दमाैली । अन्तराष्ट्रिय ग्वालियर साहित्य उत्सव- २०२२ मा भाग लिन नेपाली सात लेखक शनिबार ग्वालियर पुगेका छन्। उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एशसिएसनको आयोजनामा आदिइत्यादि नाट्य समूहको संयोजनमा अनिल श्रेष्ठ, पुरु लम्साल, आकाश अधिकारी, उषा के. सी. ओमकुमारी बञ्जारा रानाभाट,जानकी कुँवर र दिवाकर भट्टराई भारतको ऐतिहासिक र सांस्कृतिक सहर ग्वालियर पुगेका हुन्।

    भाषा साहित्यले विश्वलाई जोडेको र हरेक भाषा र साहित्यको मर्म फरक नहुने आदिइत्यादि समूहका संयोजक पुरु लम्सालले बताए। विश्वका विभिन्न देशबाट ग्वालियर साहित्य उत्सव- २०२२ मा भाग लिन यतिबेला ग्वालियर पुग्ने लेखक साहित्यकारको उपस्थिति बाक्लो छ।

    साहित्य उत्सव २०२२ अगष्ट २७ देखि सुरु भएर ३० गतेसम्म चल्नेछ। नेपालको पर्यटकीय स्थलको प्रचार प्रसार साथै भाषा संस्कृतिको विषयमा विशेष जोड दिने अनिल श्रेष्ठले बताए।