क्यान्सर पीडितलाई म्याग्दे समाजको ३३ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    क्यान्सर पीडितलाई म्याग्दे समाजको ३३ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७९, मंगलवार

    दमाैली । म्याग्दे गाउँपालिका–७ निवासी क्यान्सर पीडित १८ वर्षीय वीरेन्द्र पौडेललाई म्याग्दे समाज दमौलीले ३३ हजार पाँच सय ८० सहयोग गरेको छ ।

    समाजले विभिन्न व्यक्ति तथा संघसंस्थाबाट रकम उठाई पौडेललाई आर्थिक सहयोग गरेको हो ।

    म्याग्दे गाउँपालिका घर भई व्यावसायिक तथा अन्य प्रयोजनका लागि दमौली र आसपास बसोबास गर्ने व्यक्तिलाई गम्भीर प्रकारका रोग लाग्दा समाजले सहयोग गर्ने र अभियान चलाउने उद्देश्य अनुरुप संकलित रकम सहयोग गरिएको समाजका अध्यक्ष मनिराज थापा मगरले बताए । यो पर्याप्त रकम नभएपनि दुःख पर्दा समाजले सम्झिएको थापाले बताए ।

    समाजका सचिव विकास खनालले म्याग्देवासीलाई दुःख पर्दा समाजको तर्फबाट सहयोग गर्दै आएको जानकारी दिए । यति मात्रै रकम बिरामीको उपचारको लागि पर्याप्त नभएकाले सहयोग अभियान जारी रहेको अभियान्ता विष्णु पराजुलीले बताए ।

    पौडेलको उपचारका लागि मनिराज थापा २ हजार, सुजन पण्डित २ हजार, भाग्यशाली ढुंगाना १५ सय , हरिश्चन्द्र वाग्ले १ हजार , कमला थापा १ हजार १० , पदम कुमार श्रेष्ठ १ हजार १० , विकास खनाल १ हजार , कृष्णराज पौडेल १ हजार १ सय , बलराम वाग्ले १ हजार , रमा वाग्ले १ हजार १ सय ५ , क्या तारालाल मल्ल १ हजार १ सय , राधा बिश्वराज वाग्ले १ हजार ५ सय , केशवराज पौडेल १ हजार , सीता वाग्ले घिमिरे १ हजार , महेन्द्र काफ्ले ÷ राजु भट्ट ६ हजार २ सय ५५ र पार्वता गेलाल १० हजार रहेको छ ।

    सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दे दमौली समाजका निवर्तमान अध्यक्ष भाग्यशाली ढुंगाना, सदस्य हरिश्चन्द्र वाग्ले, सहयोग अभियानका संयोजक गोपालचन्द्र हड्खले, कृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो ।