नेकपा (माओवादी) केन्द्र तनहुँको सचिवमा शुक्र चुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा (माओवादी) केन्द्र तनहुँको सचिवमा शुक्र चुमान

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७९, बुधबार

    दमाैली । नेकपा (माओवादी) केन्द्र तनहुँको सचिवमा शुक्र चुमान भएका छन् । माओवादी केन्द्रको बुधबार दमौलीमा सम्पन्न बैठकले चुमानलाई सचिवमा चयन गरेको हो । चुमान आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

    केन्द्रको संयोजकमा ओमराज आले (मदन) ले बुधबार मात्रै पदस्थापन गरेका थिए । बैठकले माओवादी केन्द्र तनहुँ १ नम्बर क्षेत्रीय कमिटीको संयोजकमा दिपक पन्त र २ को संयोजकमा मुक्ति सिग्देललाई चयन गरेको छ ।

    बैठकले भदौ १८ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कमिटीले सिफारिस गरी पठाएका उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाउने निर्णय गरेको माओवादी केन्द्रका नेता अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिए ।