फ्रेन्च लिग वानः पीएसजी शीर्ष स्थानमा कायमै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फ्रेन्च लिग वानः पीएसजी शीर्ष स्थानमा कायमै

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) शीर्ष स्थानमा कायमै रहेको छ । बुधबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ३–० गोल अन्तरले हरायो । 

    खेलको ३७ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई शुरुआती अग्रता दिलाए । खेलको ५० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–० ले अग्रता दिलाए ।खेलको ९० औं मिनेटमा जुआन बर्नेटले गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाए । 

    अन्य खेलको नतिजा–
    लेन्स ५–२ लोरेन्ट
    लिले १–२ निस
    मार्से १–० क्लेमोन्ट फूट
    रेन्नेस ३–१ बे्रस्ट

    अंक तालिका–
    पीएसजीले ५ खेलमा १३ अंक जोडेको छ । लेन्स र मार्से पनि समान ५ खेलबाट १३ अंकसहित गोल अन्तरमा दोस्रो र तेस्रो स्थानमा छन् । लियोँ ४ खेलबाट १० अंकसहित चौथो स्थानमा रहेको छ । एसी अजासियो १ अंकसहित पुछारमा रहेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।टुलुज ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।