दमौली । नेपाल कम्युनिष्ट पार्टी(एमाले) तनहुँले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि भदौ १८ र १९ गते उम्मेदवार सिफारिस गर्ने भएको छ । पार्टी अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको सचिवालय वैठकले उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको हो ।
प्रदेशसभा सदस्य सिफारिसका लागि प्रदेशसभा निर्वाचन समन्वय कमिटीको बैठर वसी प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्नेछ । यसरी नाम सिफारिश गर्दा प्रत्यक्षतर्फ कम्तीमा १ जना महिला सहित ३ जनाको नाम सर्वसम्मत सिफारिस गर्नुपर्नेछ ।
प्रतिनिधिसभा क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठक बसी प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिस गर्नेछ । यसरी नाम सिफारिस गर्दा प्रत्यक्षतर्फ १ महिला सहित ३ जनाको नाम सर्वसम्मत सिफारिस गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।
क्षेत्रीय समन्वय कमिटीबाट आएको नामलाई भदौ २० गते जिल्ला कमिटीको बैठक बसी प्रदेशमा सिफारिस गरिने एमालेले जनाएको छ।