दमाैली । लायन्स क्लव अफ तनहुँ सत्यवती र लायन्स क्लव अफ तनहुँ दमौलीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।
रक्तदान कार्यक्रमको डिष्ट्रिक्ट मेम्वरसिप चिफ सुरेन्द्र पौडेलले उद्घाटन गरे । उनले जोन चियर पर्सन एवं लायन्स क्लव अफ तनहुँ सत्यवतीका पूर्व अध्यक्ष अन्जना तिमल्सेनालाई व्लड व्याग दिएर कार्यक्रमको उद्घाटन गरेको थिए ।
पाैडेलले समाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लायन्स क्लवहरुले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारालाई सार्थक बनाएको बताए । पौडेलले लायन्सको सामाजिक कार्य समाजका लागि महत्वपूर्ण हुने गरेको बताए । लायन्स क्लब अफ तनहुँ दमौलीका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा २० पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष जमुना श्रेष्ठले बताइन् ।
सो कार्यक्रममा रिजन चियर पर्सन लायन राजकुमार श्रेष्ठ राकु, जोन चियर पर्सन कृष्णहरी गैह्रे लगायत क्लवका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।