दमाैली । गीतल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार दमौलीमा सम्पन्न भएको छ ।
अधिवेशनले पुन: आकाश अधिकारीकाे अध्यक्षतामा कार्यसमिति चयन गरेकाे छ । प्रतिष्ठानकाे वरिष्ठ उपाध्यक्षमा दिवाकर भट्टराई, उपाध्यक्षमा शान्ता बास्तोला, सचिवमा माधवप्रसाद अधिकारी, सह–सचिबमा कल्पना घिमिरे, कोषाध्यक्षमा हरिश्चन्द्र वाग्ले र सदस्यहरुमा अन्जना तिमल्सेना, शिव आर्य, बन्धुराज अधिकारी, याम प्रसाद सापकोटा र सुदिप पौडेललाई चयन गरेको छ ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस दमौलीका क्याम्पस प्रमुख महाप्रसाद हडखलेले साहित्य मनिसको जीवनसँग जोडिएको विषयवस्तु भएको बताए ।
कार्यक्रममा साहित्यिक सर्जकहरु प्रगतिशील लेखक सघ तनहुँका अध्यक्ष कल्पना पौडेल, श्रीराम कार्की अचुक, राजु दाहाल, कल्पना घिमिरे, माधब अधिकारी, हरिश्चन्द्र वाग्ले, शिव आर्य, अन्जना तिमल्सेना, शंकरराज नहर्की लगायतले बोलेका थिए ।