दभुङ्ग चण्डीदेवी सहकारीकाे ‘सहकारी शिक्षा’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    दभुङ्ग चण्डीदेवी सहकारीकाे ‘सहकारी शिक्षा’

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७९, शनिबार

    दमाैली । दभुङ्ग चण्डीदेवी बहुउद्धेश्यीय सहकारी संस्थाले सहकारी शिक्षा तथा सहजीकरण कार्यक्रम सम्पन्न गरेको छ । सहकारी संस्थाका अध्यक्ष मोहन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहकारी संस्थाका संचालक समिती, उपसमिती र कर्मचारीहरुलाई सहकारी शिक्षा प्रदान गरिएको थियो ।

    व्यास नगरपालिकाका सहकारी उपशाखा प्रमुख राजुहरि पण्डित र सहकारी प्रशिक्षक पुष्प खनालले कार्यक्रममा प्रशिक्षण दिए । सहकारीको ऐन, नियम, नियामावली यसको कार्यक्षेत्र र अधिकारका बारेमा प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।

    ‘सहकारी आफैमा संस्था आफैले वनाएको नियम, कानुन हो, यसमा मुख्य प्रधानता निश्चित सहकारीमा नै हुने गर्दछ, नियमक निकायको खवरदारी मात्र हो’ पण्डितले भने।

    व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले सहकारी समाजको मेरुदण्ड भएको वताए ।