फोटोग्राफर एसोशिएसन तनहुँमा आलोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फोटोग्राफर एसोशिएसन तनहुँमा आलोक

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । फोटोग्राफर एसोशिएसन तनहुँको अध्यक्षमा लोकबहादुर कुमाल (आलोक) चयन भएका छन् । एसोशिएसनको शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट कुमाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

    प्रथम उपाध्यक्षमा दिपक खाती, द्वितीय उपाध्यक्षमा विष्णु डल्लाकोटी, सचिवमा अश्विनकिशोर श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार रानाभाट र सहसचिवमा चन्द्रावती कमली नहर्की चयन भएका छन् ।

    सदस्यहरुमा आकाश कार्की, सन्जय गुरुङ, प्रतिक्षा पण्डित, विष्णु शर्मा, रामबहादुर थापा, सुजन कायस्थ, सुशीलकुमार श्रेष्ठ, सुदीप पौडेल र उपबहादुर बयलकोटी चयन भएका छन् ।