पौडेलको प्रष्टोक्ति : गुणादीवासीको भावनामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पौडेलको प्रष्टोक्ति : गुणादीवासीको भावनामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्छु

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७९, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुणादीको खानेपानी सन्दर्भलाई लिएर गुणादीवासीमा परेको चोटप्रति दुःख व्यक्त गर्नुभएको छ । पौडेलले शुक्रबार दिएको अभिव्यक्तिको विरोधमा गुणादीवासीले शनिबारदेखि दमौली ल्याउने पानीको मुहान बन्द गरिदिएपछि उनको सचिवालयले आइतबार विज्ञप्ती जारी गरी गुणादीवासीको भावनामा पर्न गएको चोटप्रति दुःख व्यक्त गरेको छ ।

    पौडेलले भनेका छन्, ‘म्याग्दे गुणादीबाट दमौली बजारमा आइरहेको पानी पहिला चुनिया भई दमौली बजारवासीको स्वास्थ्यलाई ध्यान दिँदै नेपाली काङ्ग्रेसको पहलमा नै दमौली बजारमा ठूलो आधुनिक ट्रिटमेन्ट प्लाण्ट सहितको मादी नदीको पानी लिफ्टिङ गराएर वितरण गरेको भन्ने मन्तव्यलाई लिएर अतिरिञ्जित गराई चुर्ना परेको भनी भन्नुभएको भनेर प्रचार गरिएकामा ध्यानाकर्षण भएको छ । उहाँले यस्तो आसयले उक्त कुरा भन्नुभएको होइन ।’