दमाैली । अखिल क्रान्तिकारी तनहुँले सङ्गठन विस्तारलाई तीव्र बनाएको छ । अखिल क्रान्तिकारीले आँबुखैरेनी क्याम्पसमा सङ्गठन विस्तार गरेको हो ।
क्याम्पस कमिटीको अध्यक्षमा निशान मगर चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा रञ्जिता श्रेष्ठ, रविन विक, देवी श्रेष्ठ, आशिका विक, शान्ति थापा चयन भएका छन् । सचिवमा कृश्चल पुडासैनी, सहसचिवमा लक्ष्मी गुरुङ, अम्बिका खड्का, अप्सरा गुरुङ, काजल पन्त, रुपा श्रेष्ठ, कोषाध्यक्षमा पूजा आले र छात्रा विाग प्रमुखमा प्रिती गुरुङ चयन भएका छन् । कमिटी ३७ सदस्यीय रहेको छ ।
कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अरविन भट्टराई, जिल्ला अध्यक्ष मिलन महत, जिल्ला सचिव कमल गुरुङ, सदस्य साजन श्रेष्ठ, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य युबराज बगाले, अखिल नेपाल खेलकुद महासंघ जिल्ला अध्यक्ष जिवी राना, पार्टी गाउँ कमिटी सदस्य हरि कैनी लगायतले अखिल क्रान्तिकारीलाई देशकै बलियो विद्यार्थी सङ्गठन बनाइने बताए ।