दमौली । व्यास नगरपालिका-३ स्थित देउराली नगर टोल विकास संस्थाना नयॉ कार्यसमिति चयन भएको छ । संस्थाको आइतबार आयोजित २१ औ साधारणसभा तथा छैटौ अधिवेशनले नयॉ समिति चयन गरेको हो ।
टोलको अध्यक्षमा मनबहादुर थापा, उपाध्यक्षमा कोपिलामणि शर्मा, सचिवमा श्रीमाया रानाभाट, कोषाध्यक्षमा श्रीराम काफ्ले, सहसचिवमा कोपिला पौडेल चयन भएका छन् ।
सदस्यहरुमा दिलमाया थापा, रिखुराम विक (क),मिनमाया रानाभाट, रिखुराम विक (ख), टिकामाया थापा र देविलाल थापा चयन भएका छन् ।
सल्लाहकारमा पवित्रादेवी पौडेल, विष्णुभक्त न्यौपाने, मायादेवी सोती, बाबुराम बगाले र मुमबहादुर वंशी चयन भएका छन् ।