दमौली । व्यास नगरपालिकाले बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाउने भएको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा लगाउन लागिएको हो ।यसअघि भदौ ६ देखि पहिलो मात्रा लगाइएको थियो ।
भदौ २९ देखि सबै वडाका विद्यालयमा खोपकेन्द्र कायम गरी बालबालिकालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।