तनहुँ २ (ख) मा नेकपा एसकाे दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ २ (ख) मा नेकपा एसकाे दावी

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७९, सोमबार

    दमाैली । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठले तनहुँ क्षेत्र नम्बर २ को ख प्रदेश सभा क्षेत्रमा नेकपा एसको उम्मेदवदर हुने दावी गरेका छन् । सो क्षेत्रमा नेकपा एसले पाएपछि आफू उम्मेदबार बन्ने श्रेष्ठले बताए ।

    गठबन्धनको भावना अनुसार नेकपा एसलाई एउटा प्रदेश क्षेत्र छोड्नु पर्ने र आफुहरुको संगठन २ ख प्रदेशमा राम्रो भएको हुँदा उक्त प्रदेशबाट आफू नै उम्मेदबार बन्ने श्रेष्ठले बताए । भिमाद नगरपालिका, ऋषिङ र घिरिङ गाउँपालिका समेटिएको उक्त क्षेत्रमा नेकपा एसको राम्रो संगठन रहेको श्रेष्ठको भनाई छ ।

    तनहुँका २ वटै संघीय निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसकै उम्मेदवार हुने सम्भावना रहेको र नेकपा माओवादी केन्द्रले दुई वटा प्रदेश क्षेत्र पाउने सम्भावना छ । नेकपा एसले कम्तीमा एउटा प्रदेश क्षेत्रमा उम्मेदवारी पाउने श्रेष्ठले दाबी गरे ।