दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताएका छन् । तनहुँको म्याग्दे–१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि पौडेलले मङ्गलबार प्रेस विज्ञप्ती जारी गरी आफ्नो भनाईलाई विभिन्न माध्यमबाट तर्कसहितका व्याख्या सहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकामा क्षमायाचना गरेका छन् ।
वरिष्ठ नेता पौडेलले एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । शुक्रबार दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गुणादीको पानीलाई चुना परेको पानी भनेपछि स्थानीयवासी आक्रोशित भएर दमौली आउने पानीको मुहान बन्द गरिदिएका छन् ।
पौडेलले जनताको स्वास्थ्य र जनताको हित विपरित कुनै काम गर्नु राम्रो नभएको बताउँदै त्यसतर्फ ध्यान पु¥याउन आग्रह गरेका थिए ।