दमौली । लोकतान्त्रिक मगर संघ नेपालको केन्द्रीय अध्यक्षमा तनहुँका दिलबहादुर थापा चयन भएका छन्। संघको अधिवेशनबाट भिमाद निवासी थापा केन्द्रीय अध्यक्षमा चयन भएका हुन् ।
यस्तै संघको केन्द्रीय सदस्यमा नेकपा एमाले भिमाद नगर कमिटीका अध्यक्ष इमान थापा र लालबहादुर थापा चयन भएका छन् ।