घिरिङकाे प्रमुख प्रशासकीय अधिकृतमा पाेख्रेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङकाे प्रमुख प्रशासकीय अधिकृतमा पाेख्रेल

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७९, बुधबार

    दमाैली । तनहुँको घिरिङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णुप्रसाद पोख्रेलले कार्य सुरु गरेका छन् । माछापुच्छ«े गाउँपालिका कास्कीबाट सरुवा भई घिरिङ आएका पोख्रेलले बुधबारदेखि कार्य सुरु गरेका हुन् ।

    यसअघि तनहुँकै आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत उनी कास्की सरुवा भएका थिए । त्यसअगाडी पोख्रेल रुपा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।

    स्थानीय तह सञ्चालनमा राम्रो दख्खल रहेका पोख्रेलले घिरिङलाई नमूना बनाउन जनप्रतिनिधि र कर्मचारीसँग मिलेर काम गर्ने बताए ।

    पोख्रेललाई गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी लगायत कर्मचारीले स्वागत गरेका थिए ।

    आँबुखैरेनीमा प्रमुख प्रशासकीय अधिकृत हुँदा प्रशासकीय भवन निर्माण, वडा वडामा आधारभूत स्वास्थ्य केन्द्र भवन, वडा कार्यालय भवन निर्माणमा पोख्रेलको पहल थियो ।