रोटर्याक्ट क्लवद्वारा फरक क्षमता भएका बालबालिकालाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोटर्याक्ट क्लवद्वारा फरक क्षमता भएका बालबालिकालाई सहयोग

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७९, बुधबार

    दमाैली । रोटर्याक्ट क्लव अफ दमौलीले फरक क्षमता भएका बालबालिकालाई सहयोग गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा क्लवले व्यास–१ स्थित बुद्ध दाहाल वहिरा आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा एवं शैक्षिक सामग्री सहयोग गरेको हो ।

    बुधबार विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष रमेशचन्द्र हड्खले, क्लवका अध्यक्ष विशाल श्रेष्ठले बालबालिकालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडाध्यक्ष हड्खलेले फरक क्षमता अध्ययन गर्ने विद्यालयलाई संघीय सरकार र स्थानीय सरकारले विषेश ध्यान दिनुपर्ने बताए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेतले धर्म भनेको नै बालबालिकाको सेवा भएको बताए । विद्यालयका प्रधानाध्यापक भैरव पन्थले क्लबले परोपकारी काम गरेको बताए ।

    सोही अवसरमा क्लबले म्याग्दे–७ का क्यान्सर पीडित वीरेन्द्र पौडेललाई उपचारका लागि ११ हजार सहयोग गरेको छ ।