दमाैली । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा एउटा पनि खेल नहुने भएको छ । यसअघि तनहुँमा महिला बास्केटबल खेलाउने तयारी गरिएको थियो । तर खेलस्थल उपसमितिले बुधबार सार्वजनिक गरेको तालिका अनुसार तनहुँमा एउटा पनि खेल नहुने भएको हो ।
महिला बास्केटबल पनि पोखरामा खेलाउने निश्चित भएको छ । नवौं खेलकुद अन्तर्गतका अधिकांश खेल कास्कीमा सञ्चालन हुने भएको छ । त्यसका अतिरिक्त गोरखामा बुद्धिचाल, सेपाक्टाक्रो महिला र पुरुष नवलपुरमा, कुस्ती नवलपुरमा, तेक्वान्दो म्याग्दीमा, कराँते कुश्मामा र आइटिएएफ तेक्वान्दो बागलुङमा हुने भएको छ ।