म्याग्दे । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पालिकाद्धारा आयोजित शिविरले आम म्याग्देवासी जनतामा उत्साह छाएकाे बताएका छन् । म्याग्दे-३ जनगणपति माध्यमिक विद्यालयमा भएको शिविरमा सहभागीहरुलाई सम्वोधन गर्दे उनले साे कुरा बताएका हुन् ।
पालिकावाट विभिन्न प्रकारका आम जनतासँग सरोकार राख्ने सेवा दिईएको र त्यो सेवा जनताले सहज तवरबाट घर आँगन र टोलबाट नै पाएको हुँदा गाउँपालिकाले त्यसलाई सकारात्मक रुपले ग्रहण गरेको उनले बताए ।
एकिकृत घुम्ती शिविर अन्र्तगत कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा जसमा विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवा जसमा रगतमा ग्लुकोज परिक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, कोभिड १९ बिरुद्धको खोप सेवा, आयुर्वेद स्वास्थ्य सेवाहरु दिईएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
आइतबारसम्म वडा नं. १ को मान्हौँ, गुणादी र बाख्रे ३ स्थान, वडा नं. २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिही ४ स्थान र वडा नं. ३ को किलचोक र बेलटार र जनगणपति मावि मा सम्पन्न भइसकेको छ । यहि असोज २ गते देखि शुरु भएको घुम्ति शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ ।