म्याग्दे गाउँपालिकाद्वारा बजार अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिकाद्वारा बजार अनुगमन

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७९, मंगलवार

    म्याग्दे । चाडपर्वको अवसर पारेर म्याग्दे गाउँपालिकाद्वारा बजार अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको नेतृत्वमा जामुने हजारको १४ पसलमा अनुगमन तथा निरीक्षण गरिएको हो ।

    प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, लेखा अधिकृत नवराज पोख्रेल, योजना शाखाका प्रमुख श्रीराम खनाल, स्वास्थ्य चौकीका प्रमुख उदयराज पौडेलको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।

    सन्तोष एण्ड सुरज सप्लायर्स, नमस्ते रितिका स्टोर्स लगायतका पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनका क्रमममा मासु पसल, किसाना पसल, औषधी पसलमा अनुगमन गरिएको थियो । सो क्रममा हार्लिक्स, घिउ, कुरकुरे, चाउचाउ, चकलेट, विस्कृट, चुईगम, प्याकिङ्ग वस्तुहरु लगायतका खाद्य वस्तु भेटिएको र त्यसलाई जफत गरि प्रहरीको रोहवरमा नष्ट गरिएको थियो ।

    जामुनेमा रहेको जामुने फार्मेसीको अनुगमनमा म्याद गुज्रिएका औषधी पाईएका थिए । औषधी जस्तो संवेदनशिल विषयमा समेत म्याद गुज्रेका र म्याद रहेका औषधीसँगै राखेको पाईएपछि त्यस्ता औषधीको जफत गरिएको र अगामी दिनमा पुन यस्तो गरेमा कारवाही गरिने पालिकाले जनाएको छ । बजार अनुगमन नियमित भएको र भोलिका दिनमा समेत अनुगमनलाई निरन्तरता दिने अधिकारीले जानकारी दिए ।